कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको छ : सभामुख घिमिरे

काठमाडौँ — प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् । राजनीतिक दल र जनपतिनिधिहरुको चेतनाको अभावका कारण सो कार्यक्रम पनि भ्रष्टाचारको माध्यममात्रै बन्न गएको उनको भनाइ थियो । 

स्वास्थ्य बीमा कार्यक्रम भ्रष्टाचारको माध्यम बनिरहेको छ : सभामुख घिमिरे

शनिबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले गरेको 'नेपालमा क्यान्सर रोगको अवस्था र जनप्रतिनिधिको भुमिका' विषयक अन्तर्क्रियामा सभामुख घिमिरेले राजनीतिक दल र जनप्रतिनिधिहरुले मसिनोसँग ख्याल गर्ने हो भने त्यस्ता कार्यक्रमहरुमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने दाबी गरे ।

उनले क्यान्सर जस्ता घातक रोग लाग्नै नदिने र चेतनामुलक कार्यक्रम सञ्चालन गर्ने काममा राजनीतिक दल र जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

‘अहिले हामीले स्वास्थ्य बीमा कार्यक्रम ल्याइसकेपछि मेरो अनुभूति के छ भने स्वास्थ्य जाँच गर्न जाने बिरामी भएपछि अस्पताल जाने, त्यसले दिएको सुविधाअनुसार औषधि उपचार गर्ने यो प्रक्रियाको राम्रोसँग विकास भएको छ । तर यसलाई व्यवहारमा लागू गर्ने सन्दर्भमा यति कठिनाई छ कि यो नै एउटा भ्रष्टाचारको माध्यम बनिरहेको छ,' सभामुख घिमिरले भने, 'स्वास्थ्य बीमालाई ठिक ढंगले प्रयोग गर्ने बारेमा जनप्रतिनिधि र राजनीतिक संघ, संस्थाहरुकै चेतना छैन । सरकारले यो कसरी लागू गरिरहेको छ र यो भित्र भ्रष्टाचार कसरी रोक्न सकिन्छ भनेर सोचेको छैन ।'

उनले बीमा कार्यक्रमले नागरिकलाई राहत दिने उद्देश्य भएपनि त्यसको दुरुपयोग गर्ने र अनियमितता गर्ने कामहरु पनि भइरहेकोप्रति सरकारी संयन्त्र सचेत हुनुपर्ने बताए ।

समितिकी सभापति दिलकुमारी थापा (रावल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट क्यान्सर रोगको उपचारको पनि व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिन् । ‘क्यान्सर रोगलाई स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत् समेटेर उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह छ । क्यान्सर रोगको सचेतनाका लागि विद्यालय तहदेखि नै पाठयक्रममा समावेश गरी पठनपाठन गराउने व्यवस्था मिलाउनु उपयुक्त हुने देखिन्छ,' उनले भनिन् ।

प्रकाशित : फाल्गुन १२, २०८० १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×