कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न १८ आवेदन

मध्यपश्चिम र सुदूरपश्चिमको उपकुलपति छनोट तथा सिफारिस प्रक्रिया स्थगित

काठमाडौँ — पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न १८ जनाले आवेदन दिएका छन् ।  शिक्षामन्त्री अशोकुमार राई संयोजकत्वमा गठित उपकुलपति छनोट तथा  सिफारिस समितिले दरखास्त माग गरेको थियो । सो क्रममा समितिमा १८ जनाले आवेदन दिएका हुन् । 

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न १८ आवेदन

समितिका अनुसार तोयनारायण पौडेल, शुभनारायण पाठक, अनिलकुमार पोख्रेल, जीवनकुमार ढकाल, अशोककुमार झा, गुरुप्रसाद खनाल, प्रमोदप्रसाद झा, बिजुकुमार थपलिया, बिनोद पराजुली र देवीप्रसाद भट्टराईले उपकुलपतिका लागि आवेदन दिएका छन् ।

त्यस्तै, राजनारायण यादव, नरेन्द्र कटुवाल, उमेश कोइराला, संजेश प्रसाद कोइराला, राजकुमार पोख्रेल, रमेशबहादुर थापा, रमेशप्रसाद भट्टराई र महेशराज दाहालले पनि उपकुलपतिका लागि आवेदन दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति बन्न इच्छुक प्राध्यापकसँग फागुन ८ भित्र आवेदन माग गरिएको थियो ।

समितिमा शिक्षा सचिव सुरेश अधिकारी र राष्ट्रिय योजना आयोगका शिक्षा हेर्न सदस्य रमेशचन्द्र पौडेल सदस्य छन् । खुला पतिस्पर्धाको आधारमा उपकुलपति चयन र नियुक्त गर्न भन्दै समितिले कार्यविधि सहित आवेदन माग गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयसहित पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा प्राध्यापकबाट दरखास्त माग गरेर प्रतिस्पर्धाका आधारमा उपकुलपति छनोट तथा नियुक्ति गर्ने व्यवस्थाको थालनी गरिएको थियो । तर मध्यपश्चिम र सुदुरपश्चिम विश्वविद्यालयको लागि गठित समितिले भने उपकुलपति छनोट र नियुक्तिको प्रक्रिया स्थगित गरेको छ ।

प्राध्यापकहरुको दबावपछि प्रधानमन्त्री तथा कुलपति पुष्पकमल दाहालको निर्देशनमा प्रक्रिया स्थगन गरिएको समितिले जनाएको छ । त्रिवि र पूर्वाञ्चलमा उपकुलपति बन्न अनुसन्धान तर्फको अंक बढी राखिएको थियो । त्यसमा प्राध्यापकहरुले नै आपत्ति जनाएपछि प्रक्रिया रोकिएको समितिका एक सदस्यले बताए ।

मध्यपश्चिम र सुदूरपश्चिममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी, शिक्षा सचिव अधिकारी र योजना आयोगका सदस्य पौडेल रहेको समिति बनेको छ । यी विश्वविद्यालयमा उपकुलपतिको कार्यकाल सकिनुअघि नै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाइएको थियो । सुदूरपश्चिम, पूर्वाञ्चलमा उपकुलपति अम्मराज जोशी र यादवराज कोइरालाको कार्यकाल फागुन तेस्रो साताबाट सकिँदै छ । मध्यपश्चिमका उपकुलपति नन्दबहादुर सिंहको कार्यकाल पनि फागुन १८ मा सकिँदै छ ।

प्रकाशित : फाल्गुन ९, २०८० १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×