कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सहकारी प्रकरणमा छानबिनको माग गर्दै तरुण दलको विरोध र्‍याली

काठमाडौँ — सहकारी ठगी प्रकरणमा तत्काल संसदीय छानबिन समिति बनाउन माग गर्दै नेपाल तरुण दलले बुधबार विरोध र्‍याली निकालेको छ । 

सहकारी प्रकरणमा छानबिनको माग गर्दै तरुण दलको विरोध र्‍याली

काठमाडौंको माइतीघरमा जम्मा भएका तरुण दलका नेता कार्यकर्ताले बानेश्वरसम्म नाराबाजीसहित र्‍याली निकालेका थिए भने र्‍यालीपछि भएको कोणसभामा नेताहरुले सम्बोधन गरेका थिए ।

सो क्रममा तरुण दलका अध्यक्ष विद्धान गुरुङले सहकारी प्रकरणमा तत्काल छानबिन समिति बनाउन सरकारसँग माग गरे ।

सरकारको उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि नै सहकारी ठगीमा संलग्न भएको आरोप लागेको भन्दै संसदीय छानबिन समिति बनाएर सो विषयमा गम्भीर छानबिन हुनुपर्ने उनले बताए ।

सर्वसाधारणले बिहान बेलुकी छाक टार्ने पैसा सहकारीमा जम्मा गरेका व्यक्तिहरूको बिचल्ली बनाएर लामिछाने सत्तामा रमाएको अध्यक्ष गुरुङको आरोप थियो ।

अध्यक्ष गुरुङले नेपाल प्रहरीभित्र भइरहेको सरुवा बढुवाप्रति पनि असन्तुष्टि व्यक्त गरे । समय नै नपुगी प्रहरी अधिकृतहरुको सरुवा बढुवा भइरहेको भन्दै उनले त्यसबाट प्रहरी कर्मचारीहरुको मनोबल कमजोर हुने बताए ।

प्रकाशित : जेष्ठ २, २०८१ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×