कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

राष्ट्रिय प्रजातान्त्रिक पूर्वसैनिक संगठनले २५ गते काठमाडौंमा बृहत् सद्‍भाव र्‍याली गर्ने

काठमाडौँ — राष्ट्रिय प्रजातान्त्रिक पूर्व सैनिक संगठनले आउँदो २५ गते काठमाडौंमा बृहत् सद्‍भाव र्‍याली आयोजना गर्ने भएको छ । राष्ट्रिय एकता, गतिशील नेपाल र अवकासप्राप्त सुरक्षाकर्मीहरुको जीवनस्तर सुधार गर्नका लागि दबाब दिने उद्देश्यले र्‍याली आयोजना गर्न लागिएको संघका अध्यक्ष प्रकाशजंग कार्कीले जानकारी दिए ।

राष्ट्रिय प्रजातान्त्रिक पूर्वसैनिक संगठनले २५ गते काठमाडौंमा बृहत् सद्‍भाव र्‍याली गर्ने

संघले बुधबार पत्रकार सम्मेलन गरी सद्‌भाव र्‍याली आयोजना गर्नुको उद्देश्य सार्वजनिक गरेको छ । संघले प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश खारेजी, बहुदलीय प्रजातन्त्र, विकृतिपूर्ण संवैधानिक व्यवस्थाको खारेजी हुनुपर्ने माग राखेको छ ।

संघले अवकाशप्राप्त सुरक्षाकर्मीको पहिचान स्वस्थ्य बीमासहित निःशुल्क स्वस्थ्य सुविधा, विभिन्न निकायहरुमा अवकासप्राप्तहरुको हकहितको लागि आवाज उठाउने प्रतिनिधित्व, देशले नागरिकहरुका दिएको सुविधामा भएको विभेदको अन्त्य, अन्य देशको सेनामा सेवा गरेका अवकासप्राप्तहरुको हकहित प्राप्तिका लागि पनि दबाब दिने उद्देश्य राखेको छ ।

संघले आफ्नो मूल पार्टी राप्रपाको आह्वानमा आउँदो चैत २७ मा हुने प्रदर्शनमा सक्रिय सहभागिता जनाउने उल्लेख गर्दै शान्तिपूर्ण जनप्रदर्शन हुने उल्लेख गरेको छ ।

'हामी राष्ट्र, राष्ट्रियता र सुशासनको पक्षमा नेपाली नागरिकहरुको विचार परिवर्तन गर्न चाहान्छौ । राष्ट्र र राष्ट्रियता संकटमा परेको प्रत्येक नेपालीहरुले महशुस गर्न थालिसक्नु भएको छ' संघका अध्यक्ष कार्कीद्वारा जारी विज्ञप्तिमा छ । संघले राष्ट्रप्रेमको अभियानलाई व्यक्ति व्यक्तिमा पुयाई राष्ट्र र राष्ट्रियताको भावना जगाउन सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ।


प्रकाशित : चैत्र २१, २०८० १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×