कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

याक चौंरी कृषक महासंघ नेपालको स्थापना

काठमाडौँ — याक, नाक तथा चौंरी पालन संस्कृतिलाई संरक्षण, पुस्तान्तरण तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको ‘याक चौंरी कृषक महासंघ नेपाल’ को उद्घाटन गरिएको छ ।

याक चौंरी कृषक महासंघ नेपालको स्थापना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का सिनियर लाइभस्टक एण्ड रेन्जल्यान्ड विज्ञ टासी दोर्जी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधिलगायतको उपस्थितिमा शनिबार बिहान काठमाडौंमा केन्द्रीय कार्यालयको उद्घाटन गरिएको हो ।

मन्त्री किरातीले पर्यटकीय दृष्टिकोणले आकर्षण मानिने लोपोन्मुख याक, चौरी पालन, उत्थान र प्रवर्द्धनको पहलकदमीको प्रशंसा गरे । गत असोजमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग र इसिमोडले महासंघको विधान (२०८०) जारी गर्दै संस्था गठनलाई औपचारिकता दिएका थिए ।

महासंघले देशैभरिका कृषकलाई संगठित गरेर लोपन्मुख याक, चौरीको संख्या वृद्धि गर्ने, हिमाली तथा लेकाली भेगका चरन क्षेत्र जोगाउने, पशुपालन, गोठ, खर्कहरूको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने महासचिव पाविहाङ राईले बताए ।

प्रकाशित : पुस २१, २०८० १२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×