कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सामसङले सुरू गर्‍यो ओलम्पिक खेलाडीलाई शुभकामना पठाउने प्लेटफर्म

काठमाडौँ — सामसङले फ्रान्सको पेरिमा हुन गइरहेको ग्रीष्मकालीन ओलम्पिक खेलमा सहभागी खेलाडीलाई शुभकामना उठाउने प्लेटफर्म सुरू गरेको छ ।

पेरिस ओलम्पिकसँगको सहकार्यमा सामसङले ग्यालेक्सीमा रहेको एआई विशेषताद्वारा सञ्चालित नविन प्रविधिमार्फत खेलाडी र प्रशंसकबीचको सम्बन्ध बढाउन उक्त प्लेटफर्म सुरू गरेको जनाएको छ ।

यसैगरी सामसङ नेपालले पनि नेपाली खेलाडीलाई समर्थन गर्न नयाँ वेभसाइट सुरू गरेको छ । यो वेभसाइटमार्फत प्रशंसकले आफूलाई मन परेको खेलाडीलाई सन्देश पठाउन सकिनेछ । यसका लागि सामसङको डब्लूडब्लूडब्लूडटसामसुङप्लाजाडटकमडटएनपी रहेको वेबपेजमा गई आफूलाई मन परेको खेलाडी छानी आफ्नो सन्देश र नाम टाइप गरी पठाउन सकिने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित : श्रावण १०, २०८१ १७:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×