कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपाल स्वास्थ्य सम्मेलन वैशाख २१ र २२ मा

काठमाडौँ — नेपाल स्वास्थ्य सम्मेलनको दोस्रो संस्करण वैशाख २१ र २२ मा हुने भएको छ । सञ्चारकर्मीहरूको समूह त्रिकाल प्रोडक्सनको आयोजनामा ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकार, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने नारासहित स्वास्थ्य सम्मेलन हुन लागेको हो । 

नेपाल स्वास्थ्य सम्मेलन वैशाख २१ र २२ मा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा हुने सम्मेलनले राष्ट्रको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्न बहुपक्षीय सामूहिक कार्यको महत्त्वलाई उजागर गर्ने लक्ष्य लिएको छ । सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचानसहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार गर्नेछ ।

प्रकाशित : वैशाख ३, २०८१ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×