कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक 

काठमाडौँ — विश्व वित्तीय सप्ताह २०२४ का अवसरमा प्रभु क्यापिटल लिमिटेडले भिजिट मर्चेन्ट बैंक कार्यक्रम गरेको छ ।

प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक 

खासगरी किशोर तथा युवा–युवतीहरूमा वित्तीय शिक्षाको महत्त्व जागरण गराउने उद्देश्यले ओईसीडीको संयोजनमा हरेक वर्ष मार्च २२ देखि २८ सम्म विश्व वित्तीय सप्ताह मनाउने गरिन्छ । ग्लोबल मनी विक– २०२४ अन्तर्गत प्रभु क्यापिटलले ग्वार्कोस्थित काठमाडौं कलेज अफ म्यानेजमेन्टका स्नातक अध्ययनरत विद्यार्थीहरूलाई भिजिट मर्चेन्ट बैंक कार्यक्रम गरेको हो । कार्यक्रममा प्रशिक्षकका रूपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा थिए । कार्यक्रममा विद्यार्थीहरूले मर्चेन्ट बैंकले गर्ने कार्य, कार्यशैली, पुँजीबजार, लगानी तथा जोखिमबारे ज्ञान हासिल गरेको बताइएको छ ।

प्रकाशित : चैत्र ८, २०८० ०७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×