कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेपालको लागि अमेजनको एडब्लुएस ट्रेनिङ पार्टनर जेनेस एकेडेमी

काठमाडौँ — अमेरिकी प्रविधि कम्पनी अमजेनले विकास गरेको अमेजन वेब सर्भिसेज (एडब्लुएस) ट्रेनिङ पार्टनरका रूपमा काठमाडौँस्थित सूचना प्रविधिसम्बन्धी प्रशिक्षण दिने संस्था जेनेस एकेडेमी छनोट भएको छ । योसँगै जेनेस एकेडेमीले अब नेपालमा एडब्लुएसको मान्यता प्राप्त ‘सर्टिफिकेसन कार्यक्रम’ सञ्चालन गर्ने अनुमति पाएको हो ।

बेलायतमा मुख्यालय रहेको जेनेस सलुशनको शैक्षिक इकाई जेनेस एकेडेमीले सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित तालिम, प्रशिक्षण तथा सीप विकास कार्यशालाहरू आयोजना गर्दै आएको छ ।

अमेजनसँगको साझेदारीले नेपाली युवाहरूलाई गुणस्तरीय प्रशिक्षण सेवा दिन सहज हुने कम्पनीको अपेक्षा छ । द्रुत गतिमा विकास भइरहेको सूचना प्रविधि क्षेत्रमा आवश्यक सीप विकासका कार्यक्रम यस ट्रेनिङ कार्यक्रमार्फत हुने विज्ञप्तिमा उल्लेख छ । यस साझेदारीले इच्छुक विद्यार्थीसँगै सूचना प्रविधिको क्षेत्रमा कार्यरत कम्पनीहरूलाई एउटै छातामुनि ल्याउन सघाउने पनि एकेडेमीको भनाइ छ ।

प्रकाशित : फाल्गुन ९, २०८० १७:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×