कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

हरिवंश भन्छन् : पहिले लेख्थे-पढ्थे, अहिले सामाजिक सञ्जालमा भुल्छन्

काठमाडौँ — वरिष्ठ कलाकार हरिवंश आचार्यले सामाजिक सञ्जालले पठन संस्कृति ओझेलमा पारेको टिप्पणी गरेका छन् । उनले साहित्यबिनाको समाज परिकल्पना गर्न नसकिने भन्दै आफ्नो भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नु हरेक जनप्रतिनिधिको दायित्व र कर्तव्य भएको बताए । 

हरिवंश भन्छन् : पहिले लेख्थे-पढ्थे, अहिले सामाजिक सञ्जालमा भुल्छन्

शुक्रबार बूढानीलकण्ठ सांस्कृतिक-साहित्यिक महोत्सव २०८० को उद्घाटन कार्यक्रममा वरिष्ठ कलाकार आचार्यले सामाजिक सञ्जालले पठन संस्कृतिलाई मृत बनाएको बताए ।

'हिजोआज साहित्य र पठन संस्कृतिलाई सामाजिक सञ्जालले ओझेलमा पारेको छ । पहिले समय मिल्नेबित्तिकै मानिसहरू साहित्य लेख्थे, पढ्थे । अहिले सामाजिक सञ्जालमा भुल्छन्,' उनले भने, ' भावी पुस्तामा किताब संस्कृतिको महत्त्व बुझाउनुपर्ने आवश्यकता निकै चुनौतीपूर्ण छ ।’

स्थानीय जनप्रतिनिधिबाट पठन संस्कृति विस्तारका लागि देशका विभिन्न क्षेत्रका साहित्यकारलाई जुटाएर बूढानीलकण्ठ नगरपालिकाले सांस्कृतिक सद्भाव झल्कने कार्यक्रम गर्ने प्रयास गरेको भन्दै उनले प्रशंसा गरे ।

कुनै पनि कला र कलाकार साहित्यभन्दा पर रहन नसक्ने भन्दै उनले आफू र मदनकृष्ण श्रेष्ठको काम पनि सधैं साहित्यकै नजिक रहेको दाबी गरे । शुक्रबार र शनिबार चल्ने महोत्सवमा साहित्यकार एवम् लेखक झमक घिमिरेलाई सम्मानसमेत गरिएको छ ।

प्रकाशित : फाल्गुन ११, २०८० १४:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×