कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कवि श्रेष्ठलाई १ लाखको मातृभाषा सेवा पुरस्कार 

काठमाडौँ — आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानले यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ नेपालभाषाका कवि दुर्गालाल श्रेष्ठलाई प्रदान गरेको छ । 

कवि श्रेष्ठलाई १ लाखको मातृभाषा सेवा पुरस्कार 

अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित समारोहमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी र प्रतिष्ठानका उपाध्यक्ष गोकुलप्रसाद घर्तीले कवि श्रेष्ठलाई पुरस्कार प्रदान गरेका हुन् । पुरस्कार राशि १ लाख रुपैयाँ रहेको छ । कवि श्रेष्ठ अस्वस्थताका कारण सम्मान रमारोहमा उपस्थित हुन सकेनन् । उनका छोरा सुमन श्रेष्ठलाई पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरिएको थियो ।

कवि श्रेष्ठले भिडियो सन्देशमार्फत आफू काठमाडौंको माटोमा जन्मे-हुर्केको एक नेवार भएको र १४ वर्षको उमेरदेखि मातृभाषा साहित्यमा लागीपरेको बताए । ‘चौध वर्षदेखि आज ८८ वर्षसम्म मातृभाषा, साहित्यमा लागीपरेको म एक सांस्कृतिक सिपाही हुन पाएको छु,’ आफूलाई सांस्कृतिक सिपाहीकै रूपमा देख्न चाहेको उल्लेख गर्दै भनेका छन्, ‘सम्मान गर्नुभएकोमा म अत्यन्त आभारी छु । जिन्दगीको उत्तरार्द्धमा रोगको अकल्पनीय चागुलमा परें, त्यसैले गौरवमय समारोहमा आइपुग्न सकिनँ । क्षमा चाहन्छु ।’

पुरस्कार छनोट समिति संयोजक संस्कृतिविद् चुन्दा बज्राचार्यले जनकवि श्रेष्ठका नेपालभाषामा १६ वटा नाटक, एकांकी, बालकविता, गीतसंग्रह, रहेको बताइन् । यसैगरी नेपाली भाषामा ९ वटा र ७ वटा अनुवाद कृति रहेका छन् ।

कलाकार मदनकृष्ण श्रेष्ठले गाएका ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल’, गायिका आनी छोइङ डोल्माले गाएको ‘फूलको आँखामा फूलै संसार’ गीतको रचना उनै श्रेष्ठले गरेका हुन् ।

बान्तावा मातृभाषाको कविता वाचन गर्दै ९ वर्षीया खारुमी राई । तस्बिर : कान्तिपुर

समारोहमा १४ भाषाका कविले मातृभाषाको कविता वाचन गरेका थिए । जसमा दुरा भाषामा देवबहादुर दुरा, वाम्बुले भाषामा मन्जित राई ‘मानव’, कुमालमा पशुपति कुमाल, डगौरा थारुमा जुनु थारु, मगर ढुटमा हिरामती राना सिंजाली, सुनुवारमा रणवीर सुनुवार, मगर गोपाल पुन मगरले वाचन गरेका थिए ।

यसैगरी ९ वर्षीया खारुमी राईले बान्तावा भाषामा कविता वाचन गरेकी थिइन् । थामी भाषामा बिकेस थामी, याम्फुमा प्रवीण याम्फु, छिला राई, खालिङमा अर्जुन खालिङ राई, तमुमा विमला गुरुङ, उरावमा कुमारी सरणा उराव रचना वाचन गरेका थिए ।

त्यस अवसरमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, राष्ट्रियसभाका सांसद सुरेश आलेमगरलगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित : फाल्गुन ९, २०८० १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×