कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

घाइते खुसीहरु

फुल्नुभन्दा अगावै
कोपिलामै निमोठिएका    

घाइते खुसीहरु

मूल्यवान् खुसीहरु

कसैको निर्दयी हातबाट फ्याँकिएर

कसैको निर्ममताले कुल्चिएर

माटोको स्पर्श पाएपछि

पुनः फुल्न कठोर संघर्ष गरिरहेको पाउँछु ।


कतै छरिएका पत्रदलहरु

कतै ओइलाइएका रंगहरु

निमोठिइ“दा दुखेका आलो घाउहरु

समेटिन खोज्छन्

पुनः रंग भर्न खोज्छन्

निको हुन खोज्छन्

सम्हालिन खोज्छन्

जरा, काण्ड र पातबिना

कसैको दयालु हातबिना ।


प्रिय प्रकृति,

तिनीहरुलाई

त्यही नै माटोमा


त्यसरी नै

संघर्ष गर्न देऊ

सम्भावनाका रंग भर्न देऊ

निको हुन देऊ

पुनः फुल्न देऊ

रम्न, रमाउन देऊ

हाँस्न, हँसाउन देऊ

अनि तिमी पनि

रम्न सक्छौ, हाँस्न सक्छौ ।

प्रकाशित : जेष्ठ ५, २०८१ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×