कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

'नो विन्टर होलिडेज'को नेपाल प्रिमियर

काठमाडौँ — 'सामूहिक अधिकार'को नारासहित सुरु भएको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो दिन स्पेनको लघु फिल्म 'अ ग्वेरा फिनिता' देखाइएको छ ।

'नो विन्टर होलिडेज'को नेपाल प्रिमियर

मंसिर २३ देखि सुरु भएको यो महोत्सव नेपाल पर्यटन बोर्डसँगै चलचित्र विकास बोर्डमा चलिरहेको छ । मंसिर २६ गतेसम्म चल्ने यो महोत्सवलाई मानव अधिकार चलचित्र केन्द्रले आयोजना गरेको हो ।

यो वर्ष चर्चा कमाएको डकुमेन्ट्री 'नो विन्टर होलिडेज' भने चलचित्र विकास बोर्डमा देखाइएको थियो । विभिन्न फेस्टिभल पुगेको डकुमेन्ट्रीको यो नेपाल प्रिमियर हो । अन्य चार देशका फिल्मसँगै यो डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । महोत्सवमा फिल्म प्रदर्शनसँगै विभिन्न विषयमा अन्तरक्रियात्मक छलफल पनि भएको छ । दोस्रो दिन 'फिल्ममा राजनीतिक प्रतिबद्धता'विषयमाथि छलफल भएको थियो ।

सुभांगी खड्काको 'द एज अफ लर्निङ' देखाउँदै सुरु भएको महोत्सवमा डकुमेन्ट्री, सर्ट, एनिमेसन र फिक्सन गरी २६ देशका ५४ फिल्म देखाइँदैछ । नेपाललगायत फ्रान्स, स्पेन, बेलायत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, ओमान, थाइल्यान्ड, म्यान्मार, दक्षिण कोरिया, जर्मनी, इरान, टर्की, क्रोएसिया, इटली, आयरल्यान्ड, किर्गीस्तान, जर्जिया, पोल्यान्ड, ताजिकिस्तान, नर्वे, युक्रेन, बंगलादेश र भारतबाट प्राप्त मानव अधिकारका विषयमा केन्द्रित फिल्म र वृत्तचित्र महोत्सवमा देखाइँदैछ ।

महोत्सवको जुरीमा बेलायतका माइकल ब्राउन, भारतकी अनुपमा बोस र नेपालकी पशुपति राई रहेका छन् । महोत्सवमा जुरीबाट छनौट भएका उत्कृष्ट पाँच फिल्मलाई अन्तर्राष्ट्रिय फिचर प्रतिस्पर्धा, अन्तर्राष्ट्रिय शर्ट फिक्सन तथा ननफिक्सन र नेपाली सर्ट फिक्सन तथा ननफिक्सन विधामा नगद सहित पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै महोत्सवमा एकजना उत्कृष्ट नेपाली महिला निर्देशकलाई पनि पुरस्कृत गरिनेछ । महोत्सवको समापन समारोहमा बेलायतको एल्हम एहसासको सर्ट फिल्म 'येल्लो' प्रदर्शन हुनेछ ।

प्रकाशित : मंसिर २५, २०८० १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×