टेलर स्विफ्ट बनिन् वर्ष २०२३ की सबैभन्दा चर्चित कलाकार

काठमाडौँ — गत हप्ता पिपुल्स च्वाइस अवार्ड जितेकी गायिका टेलर स्विफ्ट सन् २०२३ को सबैभन्दा चर्चित कलाकार सावित भएकी छिन् । बुधबार इन्टरनेसनल फेडरेसन अफ फोनोग्राफिक इन्डस्ट्री(आईएफपीआई)ले टेलरलाई ग्लोबल आर्टिस्ट चार्टको विजेता घोषणा गरेको हो ।

टेलर स्विफ्ट बनिन् वर्ष २०२३ की सबैभन्दा चर्चित कलाकार

यसअघि तीन पटक उनले चार्टको शीर्ष स्थान ओगटेकी थिइन् । यो चार्टले टेलरलाई सबैभन्दा धेरै रेकर्डिङ, स्ट्रिमिङ, डाउनलोड र गीत बिक्रीका आधारमा लगातार दोस्रो वर्षको विजेता बनाएको हो ।

आईएफपीआईले हालै सामाजिक सञ्जाल ट्विटरमार्फत स्विफ्टलाई ग्लोबल आर्टिस्ट घोषणा गर्‍यो । 'फेरि टेलरले शीर्ष एकको स्थान ओगटेकी छन् । टेलरले ग्लोबल आर्टिस्ट चार्टको आफ्नो रेकर्ड आफैं तोडेकी छन् । ग्लोबल आर्टिस्ट अफ दि इयर बनेकोमा बधाई टेलर,' आइएफपीआईले लेखेको छ ।

संगीत क्षेत्रले २०२३ लाई टेलर स्विफ्ट वर्षका रूपमा चर्चा गरेको छ । 'ब्ल्यांक स्पेस' गायिका स्विफ्ट सन् २०२३ मै टाइम्सको 'पर्सन अफ दि इयर' भइन् । त्यस्तै, त्यही वर्ष स्विफ्ट गीत स्ट्रिमिङ हुने प्लेटफर्म स्पोटिफाइको ग्लोबल टप आर्टिस्ट बनिन् । यसलाई पप गायिका स्विफ्टको सुरुवात मात्र रहेको धेरैले व्याख्या गरे । २०२४ को सुरुवातमै ग्रामी जितेकी स्विफ्टले विश्वमा आफ्नो पकड निरन्तर रहने छाँटकाँट देखाइसकिन् ।

चार्टका अध्यक्ष लेविस मोरिसन स्विफ्टलाई चौथौ पटकसम्म विजेता घोषणा पाउँदा खुसी व्यक्त गर्छन् । 'चार पटकसम्म चार्टको शीर्ष स्थान ओगट्दा टेलरले विश्वमा पाइरहेको सफलता देखाउँछ । टेलर एकमात्र यस्तो प्रतिभा हुन् जो आफ्नो कला कौशल र फ्यानको प्रेमले विश्वमा रुचाइएकी छन्,'मोरिसनले भने । टेलरपछि चार्टको दोस्रो स्थानमा के-पप समूह सेभेन्टिन परेका छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० १४:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?