कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५६

बर्लिनमा नेपाली लघु फिल्मलाई 'स्पेसल जुरी मेन्सन' अवार्ड

काठमाडौँ — बर्लिन फिल्म फेस्टिभलमा नेपाली लघु फिल्म 'सङ्ग्स अफ लभ एण्ड हेट'ले स्पेसल जुरी मेन्सन अवार्ड जितेको छ । विश्व चर्चित फिल्म फेस्टिभलको जेनेरेसन १४ प्लसतर्फ छनौट भएको यो फिल्मले स्पेसल मेन्सन जितेको हो ।

बर्लिनमा नेपाली लघु फिल्मलाई 'स्पेसल जुरी मेन्सन' अवार्ड

जेनेरेसन १४ प्लसतर्फ योसँगै अन्य आठ अवार्ड घोषणा गरिएको थियो । सौरभ घिमिरेद्वारा निर्देशित १७ मिनेटको फिल्ममा रेडियोमार्फत प्रेमको परामर्श दिँदै हिँड्ने प्रस्तोता प्रेम पात्रले अनुभव गर्ने विछोड र त्यसपछि गर्ने यात्राको कथा समेटिएको छ ।

यो फिल्म निर्देशक सौरभको स्नातकोत्तर गर्दाको ग्र्याजुएसन प्रोजेक्ट हो । बेल्जियमको 'लुका स्कुल अफ आर्ट'बाट निर्देशनतर्फ स्नातकोत्तर गरेका सौरभले आफूसँग भएका अर्काइभ फुटेजमार्फत यो फिल्म बनाएका हुन् । यो फिल्म परम्परागत फिल्म निर्माणको शैलीभन्दा फरक तवरमा बनेको छ । सम्पादन टेबलमै करिब पाँच महिना काम गरेपछि फिल्म तयार भएको हो । फिल्मलाई मिङ्सो लिम्बूले निर्माण गरेका हुन् । 'शाम्बाला' लिएर बर्लिन पुगेका निर्देशक मीन भाम पनि फिल्मका अर्का निर्माता हुन् ।

प्रकाशित : फाल्गुन १२, २०८० ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×