कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

बर्लिनमा मार्टिनलाई दीर्घसाधना सम्मान

काठमाडौँ — वरिष्ठ फिल्मकर्मी मार्टिन स्कोरसेजीलाई बर्लिन फिल्म फेस्टिभलमा दीर्घसाधना सम्मान(लाइफटाइम अचिभमेन्ट) बाट सम्मान गरिएको छ । फेस्टिभलको गोल्डेन वियर अनर अवार्ड दिँदै मार्टिनलाई सम्मान गरिएको हो । 

बर्लिनमा मार्टिनलाई दीर्घसाधना सम्मान

फेस्टिभल आयोजकले मार्टिन निर्देशित फिल्म 'किलर्स अफ फ्लावर मुन'लाई उनको पछिल्लो ठूलो उपलब्धिको रुपमा उल्लेख गरेका छन् । मार्टिनको यो फिल्म ओस्कर मनोनयनमासमेत परेको छ । 'जसले फिल्मलाई कथालाई आकार दिने कलाका रुपमा हेर्छन्, त्यसमा पनि मार्टिन बेजोड उदाहरण हुन्,'फेस्टिभल अध्यक्षद्वय म्यारियट र कार्लोले मार्टिनलाई अवार्ड दिँदै भने ।

'ट्याक्सी ड्राइभर'मार्फत आफूलाई न्यू हलिउड एराका फिल्मकर्मीका रुपमा उभ्याएका मार्टिनले सन् २००७ मा 'द डिपार्टेड'मार्फत ओस्कर जितेका थिए । ओस्करमा ७ पटकसम्म मनोनित भइसकेपछि 'द डिपार्टेड'ले उनलाई अवार्ड दिलाएको थियो ।

प्रकाशित : फाल्गुन १०, २०८० ०६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×