कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

'कार्टुन्ज क्रु' ले ल्याउँदै ‘स्वस्थानी भर्सेस ग्याङ’ वेबसिरिज

काठमाडौँ — चर्चित डान्सिङ समूह ‘द कार्टुन्ज क्रु’ले ल्याउन लागेको वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने भएको छ । पोस्टर सार्वजनिक गर्दै यो समूहले उक्त जानकारी दिएको हो ।

'कार्टुन्ज क्रु' ले ल्याउँदै ‘स्वस्थानी भर्सेस ग्याङ’ वेबसिरिज

सार्वजनिक पाँच पोस्टरले सिरिजको कथावस्तु, चरित्र चित्रण र मुड दर्शाउँछ । यसअघि रुचाइएका ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यू एन्ड आई’पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’सँगको सहकार्यमा यो सिरिज ल्याउन लागेको हो । यो सिरिजको कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ । सरोज अधिकारी र सागर खनाल निर्माता हुन् । कार्यकारी निर्मातामा विजय अधिकारी ( बन्नी ) छन् ।

सिरिजमा आश्मा विश्वकर्मा, सरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, सगिता बस्याल ,अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, सोनिया लामा, निकोलस अर्याललगायत कलाकार छन् । गायक प्रताप दासको केमियो भूमिका हुनेछ । संकल भुजेलको छायांकन र सागर खनालको सम्पादन रहने छ ।

एड्भेन्चर, कमेडी, रोमान्टिक ड्रामा जनरामा राखिएको यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ । सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्माले अभिनय गरेकी छन् । एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा सिरिज बनेको छ ।सिरिजमा कुल १० एपिसोड हुनेछ ।

प्रकाशित : फाल्गुन १३, २०८० १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×