कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

बर्लिनमा 'द सङ अफ लभ एन्ड हेट'को प्रिमियर

काठमाडौँ — बर्लिन फिल्म फेस्टिभलको जेनेरेसन १४ प्लसमा छनौट भएको नेपाली लघु फिल्म 'द सङ अफ लभ एन्ड हेट'को वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । सौरभ घिमिरे निर्देशित फिल्म बर्लिनको ऐतिहासिक हल किनो इन्टरनेश्नलमा प्रिमियर भएको हो ।  

बर्लिनमा 'द सङ अफ लभ एन्ड हेट'को प्रिमियर

निर्माण टिमका अनुसार फिल्मको दुई सो अझै प्रदर्शन हुन बाँकी छ । प्रिमियरमा दर्शकको सकरात्मक प्रतिक्रिया प्राप्त भएको निर्माता मिङ्सो लिम्बूले जनाए । 'दर्शकसँगको अन्तरक्रिया पनि गजब्बकै भयो । हाम्रो फिल्ममा समाजका केही मुद्दाहरू उठाइएका छन् । त्यसले युवामा प्रभाव पारेछ,'निर्माता लिम्बूले भने,'केही फिल्मकर्मीले त साउथ एसियाबाट अर्काइभल फुटेजमा काम गर्ने फिल्मकर्मी आयो भन्ने प्रतिक्रिया दिँदै थिए । त्यसले हामीमा उत्साह थपेको छ ।'

यो फिल्मका अर्का निर्माता हुन्, निर्देशक मिन भाम । १७ मिनेट लामो यो फिल्ममा रेडियोमार्फत प्रेमको परामर्श दिँदै हिँड्ने प्रस्तोता प्रेम पात्रले विछोडमा परिसकेपछि गर्ने यात्राको कथा समेटिएको छ । यो फिल्म निर्देशक सौरभको स्नातकोत्तर गर्दाको ग्र्याजुएसन प्रोजेक्ट हो ।

बेल्जियमको 'लुका स्कूल अफ आर्ट'बाट निर्देशनतर्फ स्नातकोत्तर गरेका सौरभले आफूसँग भएका अर्काइभ फुटेजमार्फत यो फिल्म बनाएका हुन् ।

प्रकाशित : फाल्गुन १०, २०८० १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पार्टी र नेताहरूको कार्यशैलीबारे आलोचनात्मक प्रतिवेदनसहित टिप्पणी गर्ने महामन्त्री मुकुल ढकाललाई निलम्बन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णयबारे के भन्नहुन्छ ?

×