कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हरिवंशले ल्याए 'हामी नेपाली, हाम्रो खेलाडी' 

काठमाडौँ — हास्यकलाकार हरिवंश आचार्यले खेलकुदसम्बन्धी नयाँ गीत सार्वजनिक गरेका छन् । दिपराज थापाको शब्दमा 'हामी नेपाली, हाम्रो खेलाडी' बोलको गीत मह संचारको युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् । 

हरिवंशले ल्याए 'हामी नेपाली, हाम्रो खेलाडी' 

गीतको भिडियोमा विभिन्न खेलका नयाँ र पुराना दृश्य समेटिएका छन् । यो गीत नेपालका स्टेडियममा बज्ने अपेक्षा गर्छन् आचार्य । 'गीतकार थापाले खेलाडीसम्बन्धी खेल गीत लेख्नुभएको रहेछ । मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्थामा उहाँहरुप्रति पनि सम्मान हुने हिसाबले यो गीत गाएँ । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ,' उनले भने ।

गीतकार थापाले पठाएका केही गीतहरुमा आचार्यले सुरुमै खेलसम्बन्धी 'हामी नेपाली, हाम्रो खेलाडी'लाई रुचाएका थिए ।

विशाल निरौलाको संगीत, सौगातजंग थापाको र्‍याप रहेको गीतको भिडियोलाई राष्ट्रिय खेलकुद परिषद्मासमेत खिचिएको हो । 'हामीले बनाउनुपर्ने गीत तपाईंहरुले बनाउनुभएछ भनेर राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले तारिफ गर्नुभएको छ,' हरिवंशले भने ।

श्यामस्वेत रसाइलीको मिक्सिङ रहेको गीतलाई राजन राईले रेकर्ड गरेका हुन् ।

प्रकाशित : मंसिर १९, २०८० २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×