कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

निर्माता र हलवालाबिच बराबर सेयर बाँड्ने सहमति

काठमाडौँ — चलचित्र निर्माता र हलवालाबीच ५०-५० प्रतिशतको सेयर बाँडफाँड गरिने निर्णय भएको छ । बिहीबार चलचित्र निर्माता संघ र हल सम्बन्धी छाता संगठन चलचित्र संघबीच भएको छलफलले यस्तो निर्णय गरेको हो । 

निर्माता र हलवालाबिच बराबर सेयर बाँड्ने सहमति

यसअघि फिल्म प्रदर्शनको पहिलो र दोस्रो हप्ता हलवाला र निर्माताले ५०/५० प्रतिशत सेयर पाउने व्यवस्था थियो ।तेस्रो हप्तादेखि भने हलवालाले ६५ अनि निर्माताले ३५ प्रतिशत मात्र पाउँथे ।

यही व्यवस्थाले निर्माता मारमा पर्ने भन्दै 'दिमाग खराब'का निर्देशक निश्चल बस्नेतले सेयर बाँडफाँड बराबार हुनुपर्ने माग राखेका थिए । शो वितरणमा भएको असन्तुष्टी पोख्दै सेयर बाँडफाँड बराबार नभएसम्म हलमा फिल्म नै नलगाउने भन्दै 'दिमाग खराब'को प्रदर्शन स्थगन गरेसँगै दुई संस्थाले यो विषयमा नयाँ निर्णय सुनाएको हो ।

'स्वदेशी चलचित्र उद्योगको वृहत्तर हितका लागि स्वदेशी चलचित्र निर्माण, वितरण र प्रदर्शनमा उच्च प्राथमिकताको मान्यतालाई स्थापित गर्न तथा नेपाली चलचित्र उद्योगलाई व्यवस्थित, मर्यादित एवं सर्वसुलभ तरिकाले प्रदर्शन गर्न/गराउनका लागि नेपाली चलचित्र उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने व्यवसायिक संघहरू नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघबिच ६ बुँदामा सहमत भइ सम्झौता/सहमति पत्रमा हस्ताक्षर गरी एक/एक प्रति लिनेदिने कार्य सम्पन्न भएको छ,' दुई संस्थाले सार्वजनिक गरेको संयुक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि आफ्नो नयाँ हलको उद्घाटन समारोहमा कलाकार दीपकराज गिरीले उक्त हलमा ५०/५० प्रतिशत सेयर बाँडफाँड गरिने निर्णय सुनाएका थिए ।

प्रकाशित : मंसिर ८, २०८० १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×