जेन दिपिका बनिन् मिस युनिभर्स नेपाल

काठमाडौँ — जेन दिपिका यस वर्षको मिस युनिभर्स नेपाल बनेकी छन् । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै मिस युनिभर्स नेपालको चौथो शृंखलाको उपाधि दिपिकाले जितेकी हुन् ।

जेन दिपिका बनिन् मिस युनिभर्स नेपाल

प्रतियोगितामा गरिमा घिमिरे पहिलो उपविजेता बनिन् भने सितास्मा पोख्रेल तेस्रो । विजयी प्रतिस्पर्धीलाई २०२२ का मिस युनिभर्स सोफिया भुजेलले ताज पहिरिदिएका हुन् । रविराज कर्णिकार, उपल मजुमदार, उपासना घिमिरे, संगीता पहाडी, आयुशा कार्की श्रेष्ठ, सुरक्षा पन्त, नन्दिनी एल थापा, सौरभ ज्योति प्रतियोगिताका निर्णायक थिए ।

सहभागी प्रतिस्पर्धीलाई १२ विधामा पुरस्कार वितरण गरिएको थियो । विजयी प्रतिस्पर्धीले एल साल्भा डोरमा हुने मिस युनिभर्स नेपालको अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने पाउने बताइएको छ ।

प्रकाशित : भाद्र २४, २०८० ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x