कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

मिस युनिभर्स नेपाल २०२३' का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक

काठमाडौँ — उमंग क्रियसनको आयोजनामा 'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन् ।

मिस युनिभर्स नेपाल २०२३' का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक

शुक्रबार आयोजित एक समारोहका बीच पाँच सय जना प्रतिस्पर्धीहरूमध्येबाट २२ जना अन्तिम प्रतिस्पर्धीहरू सार्वजनिक भएका हुन् । २२ जनामध्ये दुई जना विवाहित महिला र एक जना ट्रान्स महिलाको समेत सहभागिता रहेको छ ।

'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' को फाइनल भदौ २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा आयोजना हुने, उमंग क्रियसनका म्यानेजिङ डाइरेक्टर उद्धव अधिकारीले जानकारी दिए । उनले विभिन्न प्रतिस्पर्धीहरूलाई आत्मविश्वास बढाउन यो उत्कृष्ट अवसर भएको बताए ।

प्रतिस्पर्धीहरूलाई प्रशान्त ताम्राकारको कोरियोग्राफीमा प्रस्तुत गरिएको थियो । प्रतिस्पर्धीहरूमा प्राप्ति खड्का, सबिना चौधरी, च्यानल श्रेष्ठ, प्रेमा लामगडे, डा. पूजा भगत, रोजिना काफ्ले, गरिमा घिमिरे, पलिष्ट बज्राचार्य, डा. अमिषा बस्नेत, संस्कृति क्षेत्री कार्की, तृष्णा बाँनिया, बुद्धसार सुनार, पुजा पौडेल, जेन दीपिका ग्यारेट, मनिता पासवान, सुष्मा आरएल शाही, अभिलाषा लम्साल, एलिस्टा सुवेदी, मौसमी श्रेष्ठ रहनुको सहभागिता रहेको थियो ।

२२ जना अन्तिम प्रतिस्पर्धीहरूमध्येबाट विजेताले नोभेम्बरमा एल साल्भाडोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।

प्रकाशित : भाद्र २, २०८० ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×