कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'ग्लोकल टिन हिरो २०२३'को आवेदन खुला 

काठमाडौँ — गोल्छा ग्रुपको प्रस्तुतिमा ९ औं 'ग्लोकल टिन हिरो नेपाल(जीटीएच)-२०२३'का लागि आवेदन खुला गरिएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गर्दै आवेदन खुल्ला गरिएको जानकारी दिएका हुन् । 

'ग्लोकल टिन हिरो २०२३'को आवेदन खुला 

'जीटीएचले किशोर/किशोरीका सिर्जनशीलता र लगाव प्रस्तुत गर्ने स्थान दिएर उनीहरूलाई सम्मान गर्ने गर्दछ । यो प्लेटफर्मले आफ्नो क्षमता र प्रतिभाले समाजमा योगदान पुर्‍याइरहेका किशोर/किशोरीलाई चिनाउने काम पनि गर्दछ,'पत्रकार सम्मेलनमा आयोजकले जानकारी दियो ।

जीटीएच काठमाडौंका किशोर/किशोरीलाई पहिचान गराउने उद्देश्यले सन् २०१५ देखि सुरु भएको हो । सन् २०१६ देखि यो प्लेटफर्म राष्ट्रव्यापी बन्यो । त्यसयता श्रीलंका र बंगलादेशमा पनि जीटीएच पुगेको छ । 'अहिले यो प्लेटफर्मको झन बृहत् रूपले बढेको छ । प्लेटफर्मले संसारभरका प्रतिभावान किशोर/किशोरलाई मञ्च दिँदै आएको छ,'आयोजकले भन्यो ।

९ औं संस्करणले पूर्वदेखि पश्चिमसम्मका किशोरकिशोरीकहाँ पुग्ने योजना राखेको छ । यो पटक ६२ सहरमा जीटीएच पुग्दैछ । १३ देखि १९ उमेर समूहले जुलाई ३० सम्ममा आवेदन भर्न सक्ने जनाइएको छ ।

आवेदनमध्येमा 'ट्वान्टी अन्डर ट्वान्टी' सहभागीहरूको उपलब्धि र प्रभावका आधारमा छनौट गरिनेछ भने शीर्ष ६ मध्येबाट जीटीएच घोषणा गरिनेछ । अन्तिम प्रतिस्पर्धीहरूको अन्तर्वार्ता निर्णायक टिमका सीमा गोल्छा, सौरभ ज्योति, आदर्श अवस्थीलगायतले लिनेछन् ।

प्रकाशित : जेष्ठ १८, २०८० २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?