कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

'ए साथी सुन' जेठ ५ मा

कान्तिपुर संवाददाता

काठमाडौँ — अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता रमेश बानियाँले अभिनय गरेको फिल्म 'ए साथी सुन'को टिजर सार्वजनिक भएको छ । टिजर रिलिजसँगै निर्माण पक्षले फिल्मको नयाँ प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ ।

'ए साथी सुन' जेठ ५ मा

यसअघि चैत्र १० मा प्रदर्शन हुने भनिएको फिल्म प्राविधिक काममा ढिलाई हुँदा आगामी जेठ ५ मा आउने भएको हो । लभस्टोरी, थ्रीलर र कमेडी विधामा बनेको फिल्ममा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरीको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल बाल कलाकारका रुपमा फिल्ममा देखिने भएका छन् ।

निर्माण टिमका अनुसार 'ए साथी सुन' जयनन्द लामा अभिनित अन्तिम फिल्म हो । राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको फिल्मको सहनिर्मातामा सुदीप पौडेल हुन् ।

प्रकाशित : फाल्गुन ३०, २०७९ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×