कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७३

चैतमा 'ए साथी सुन'

कान्तिपुर संवाददाता

काठमाडौँ — वर्षा शिवाकोटीको अभिनयमा बनेको 'ए साथी सुन' यही चैत १० देखि प्रदर्शनमा आउने भएको छ । हालै निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । फिल्ममा शिवाकोटीसँगै रमेश बानियाँको डेब्यू अभिनय छ । 

चैतमा 'ए साथी सुन'

लभस्टोरी/थ्रीलर/कमेडी विधामा निर्माण भएको फिल्ममा शिवाकोटी र रमेशसँगै आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, बिमला गिरीलगायतको अभिनय छ ।

कृष्मा खड्का र इभान सन्जेल बाल कलाकार हुन् । राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको फिल्मलाई बिणा कार्की र सन्तोषकुमार राईले निर्माण गरेका हुन् । फिल्मका सहनिर्माता सुदीप पौडेल छन् ।

इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको यस फिल्मलाई आरआर फिल्म्सले वितरण गर्दैछ ।

प्रकाशित : फाल्गुन ५, २०७९ १६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

x
×