कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८

नेफ्टा अवार्डको घोषणा 

काठमाडौँ — नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आइरहेको 'नेफ्टा अवार्ड'को औपचारिक घोषणा भएको छ । अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा जेठ १३ मा हुने भएको हो । 

नेफ्टा अवार्डको घोषणा 

काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघले नेफ्टा आयोजकका पदाधिकारीलाई ट्रफी हस्तान्तरण गरिएको छ । साथै, अवार्डको ट्रफी अनावरणसमेत गरियो ।

कार्यक्रममा संघका अध्यक्ष पुष्कर लामाले नेफ्टाको उद्देश्य नेपाली फिल्मलाई अवार्डमार्फत अन्तर्राष्ट्रियकरण गर्ने रहेको बताए । 'विगतदेखि हामीले नेफ्टालाई विभिन्न विदेशी मुलुकमा गरिरहेका छौं । यसको उद्देश्य नेपाली फिल्मको अन्तर्राष्ट्रियकरण हो,' लामाले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले पनि नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा लैजान यो अवार्डले भूमिका खेल्ने धारणा राखे । यो अवार्डलाई संघले फेम नेपाल, यूएस खबर, आर्यन फिल्मससँग मिलेर आयोजना गर्दैछ ।

यसअघि दुबई, मलेसिया, हङकङ र कतारमा नेफ्टा आयोजना भइसकेको छ । अवार्ड घोषणा कार्यक्रममा नेपाली कलाकारको बाक्लो उपस्थिति थियो ।

प्रकाशित : माघ २६, २०७९ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×