यौनिक तथा लैंगिक अल्पसंख्यक युवाहरूको कथामा 'बिकमिङ'

काठमाडौँ — लुनिभा तुलाधरको निर्देशनमा लैंगिक अल्पसंख्यक युवाहरूको जीवन दर्शाउने वेब सिरिज बिकमिङ(आकार)को श्रृंखला प्रदर्शनमा आएको छ ।

यौनिक तथा लैंगिक अल्पसंख्यक युवाहरूको कथामा 'बिकमिङ'

सेभ द चिल्ड्रेन र ब्लु डायमन्ड सोसाइटीले सोमबार पत्राकार सम्म्लेनबीच वेब सिरिजका श्रृंखला प्रदर्शनमा गरेका हुन् । यो सिरिज सेभ द चिल्ड्रेनको आधिकारिक युट्युब च्यानलबाट प्रदर्शनमा आएको छ ।

वेब सिरिजको कथा एक पात्र प्रकृतिको जीवनमा आधारित छ । आफ्नो यौनिक पहिचानका लागि प्रकृतिले कस्तो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ र सामाजिक स्वीकार्यका पक्ष यस वेब सिरिजमा समेटिएको छ । रंगकर्मी आकांक्षा कार्कीको लेखनमा तयार भएको यस वेब सिरिज ४ श्रृंखलामा तयार भएका छन् । यसअघि यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको चित्रण नेपाली फिल्ममा हेपिएका, कमजोर र मजाकका रूपमा प्रस्तुत गरिएको हुँदा त्यो परम्परागत मान्यता भत्काउन आफूहरूले बिकमिङको परिकल्पना गरिएको निर्देशक तुलाधरको भनाइ छ ।

यो वेब सिरिजको निर्माणमा ६० प्रतिशत यौनिक तथा लैंगिक अल्पसंख्यकहरूको उपस्थिति रहेको बताइएको छ । वेब सिरिजमा लुनिभा तुलाधर, अमर दाहाल, अदिति शेर्पा, निर्भिक भट्टराई, युनिश गुरुङलगायतका कलाकारले अभिनय गरेका छन् ।

प्रकाशित : माघ १०, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?