कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शैलीमा 'माउजङ बाबुसाहेबको कोट' मञ्चन हुँदै 

काठमाडौँ — भवानी भिक्षुद्वारा लिखित 'माउजङ बाबुसाहेबको कोट' कथामाथि नाटक तयार भएको छ । सविन न्यौपानेको नाट्य रुपान्तरण र विवेक न्यौपानेको निर्देशनमा बनेको यो नाटक माघ ९ देखि २५ सम्म शैली थिएटरमा मञ्चन हुनेछ । 

शैलीमा 'माउजङ बाबुसाहेबको कोट' मञ्चन हुँदै 

'माउजङ बाबुसाहेबको कोट'मा माउजङ पात्रको कोटप्रतिको लगाव, देशमा आएको राजनैतिक परिवर्तनले उनको जीवनमा पारेको प्रभाव समेटिएको छ । एक विर्तावाल घरानिया राणाको कथा समावेश 'माउजङ बाबुसाहेबको कोट' वर्तमान समाजसँग पनि मिल्दो हुँदा त्यसको नाट्य रुपान्तरण गरेको लेखक सविन बताउँछन् ।

नाटकमा माउजङ बाबुसाहेबको भूमिकामा सरोज अर्यालले अभिनय गरेका छन् । त्यस्तै रानीसाहेबको चरित्रलाई रीता थापाले मञ्चमा प्रस्तुत गरेकी छन् । नाटकमा उनीदुईसँगै कलाकारहरु सन्तोष थापा, सानु पाण्डेय, प्रनेश गौतम, सुनील खड्का, सविन लुईंटेल, दिवाकर घिमिरे, वीरेन्द्रसिंह कुसवाहा र ओसन कार्कीको अभिनय छ ।

प्रकाशित : माघ १०, २०७९ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?