कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

श्रम क्षेत्रलाई ८ अर्ब १० करोड विनियोजन

काठमाडौँ — श्रम क्षेत्र सुधार, रोजगारीको सुनिश्चितासहित वैदेशिक रोजगारीमा गएका श्रमिकको हितको लागि सरकारले श्रम क्षेत्रमा ८ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

श्रम क्षेत्रलाई ८ अर्ब १० करोड विनियोजन

संघीय संसद्‌मा मंगलबार आगामी आर्थिक वर्षको बजेट बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् । पुनका अनुसार सबैभन्दा बढी बजेट २ लाख जनालाई १०० दिनको न्यूनतम रोजगारको सुनिश्चितता गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब विनियोजन गरिएको छ ।

उनले वैदेशिक रोजगारीबाट फर्केकामध्ये १ लाख युवालाई स्वरोजगार बनाउन 'रिटर्नी' उद्यमशीलता कार्यक्रम लागू गर्ने घोषणा गरेका छन् । सातवटै प्रदेशमा १–१ हजार व्यक्तिलाई सीपयुक्त तालिम दिन ४३ करोड रुपैयाँ विनियोजन गरेको पनि अर्थमन्त्री पुनले जनाए ।

प्रकाशित : जेष्ठ १५, २०८१ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×