कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

नेप्से परिसूचक र कारोबार रकम घट्यो

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा १.८५ अंकले घट्दा समग्र नेप्से २ हजार १०.२१ विन्दुमा ओर्लेको छ । अघिल्ला दुई कारोबार दिन निरन्तर घटेको नेप्सेले मंगलबार पनि सोही प्रवृत्ति पछ्याएको हो ।

नेप्से परिसूचक र कारोबार रकम घट्यो

मंगलबार कारोबारमा आएकामध्ये १ सय ९ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २७ वटाको घटेको छ । बाँकी ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

उक्त दिन ४६ हजार २ सय ३५ वटा कारोबारबाट ६१ लाख ३१ हजार ६ सय २१ कित्ता सेयर किनबेच भए । ती किनबेचमा २ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । सोमबार सेयर बजारमा २ अर्ब ८७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।


प्रकाशित : चैत्र २०, २०८० १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×