कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

७० अंकले घट्यो नेप्से, सवा ४ अर्बको सेयर किनबेच

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ७०.३१ अंकले घटेर २ हजार ७ विन्दुमा ओर्लेको छ । अघिल्लो दिन १ सय १७ अंकले बढेको बजार मंगलबारसम्म पनि टिकेन । जसका कारण मंगलबार सेयर बजारमा भारी गिरावट भएको छ ।

७० अंकले घट्यो नेप्से, सवा ४ अर्बको सेयर किनबेच

मंगलबार कारोबारमा आएकामध्ये ३३ कम्पनीको सेयर मूल्य बढ्यो, २ सय १३ वटा कम्पनीको घट्यो भने २ वटा कम्पनीको सेयर मूल्य स्थिर रहयो । सो दिन ६९ हजार २ सय ८ वटा कारोबारबाट १ करोड १४ लाख ६७ हजार ५ सय ९९ कित्ता सेयर किनबेच भए ।

ती किनबेचबाट ४ अर्ब ११ करोड ३६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिन ३७ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०८० १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×