कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वायुसेवा संचालक संघको अध्यक्षमा कार्की

काठमाडौँ — आन्तरिक वायुसेवा कम्पनीको छाता संगठन वायुसेवा संचालक संघको अध्यक्षमा समिट एयरका प्रबन्ध निर्देशक मनोज कार्की चुनिएका छन् ।

वायुसेवा संचालक संघको अध्यक्षमा कार्की

राजधानीमा बिहीबार आयोजित संघको २३ औं साधरणसभाले कार्कीलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो । उनी यसअघि संघको महासचिव थिए ।

त्यसैगरी प्रथम उपाध्यक्षमा कैलाश हेलिकोप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे, द्वितीय उपाध्यक्षमा अल्टीच्यूट एयरका प्रबन्ध निर्देशक निमानुरु शेर्पा, तृतीय उपाध्यक्षमा श्री एयरलायन्सका प्रबन्धक अनिल मानन्धर, महासचिवमा यति एयरलायन्सका एकाउन्टेवल म्यानेजर सुभाष सापकोटा, कोषाध्यक्षमा बुद्ध एयरका निर्देशक रुपेश जोशी र सचिवमा मुरली जोशी चुनिएका छन् ।

२०५५ सालमा स्थापना भएको संघको २३ औं साधरणसभाले सदस्यमा बालकृष्ण पण्डित, प्रज्वल थापा, फुर्वा छिरिङ शेर्पा र विजयसिंह श्रेष्ठलाई सर्वसम्मत चुनेको छ । यसअघि पटक-पटक गरेर चार कार्यकाल अध्यक्षमा रहेका सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सम्मान गरेका थिए । समारोहमा मन्त्रीले हवाई तथा पर्यटन क्षेत्रमा योगदान पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

प्रकाशित : फाल्गुन १७, २०८० २२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×