कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

नेप्से परिसूचकमा २०.७६ अंकको गिरावट

रासस

काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २० दशमलव ७६ अंकले ओरालो लागेर दुई हजार पाँच दशमलव ८३ मा सीमित भएको छ ।

नेप्से परिसूचकमा २०.७६ अंकको गिरावट

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक तीन दशमलव ४९ अंकले ओरालो लागेर तीन सय ५९ दशमलव ५७ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ९५ लाख १८ हजार ७५ कित्ता शेयर तीन अर्ब २० करोड ६१ लाख ६७ हजार २५ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८७ लाख ९७ हजार एक सय ७८ बराबरको कारोबार भयो । गुर्खाज फाइनान्स १४ करोड एक लाख १० हजार छ सय ८८,जोशी हाइड्रोपावर आठ करोड ९३ लाख ४८ हजार एक सय ६१, एनआइसी एसिया बैंक छ करोड ४० लाख ३८ हजार एक सय ८० र न्यादी ग्प पावरको छ करोड २४ लाख ४० हजार तीन सय ३५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जोशी हाइड्रोपावर नौ दशमलव ८७, सामलिङ पावर नौ दशमलव ८५, बोटलर्स नेपाल बालाजु आठ दशमलव २४, बोटलर्स नेपाल तराईका लगानीकर्ताले पाँच दशमलव ७३ प्रतिशतले कमाएका छन् ।

यस्तै हिमालयन ऊर्जा विकास कम्पनी सात दशमलव ६०, बाराही हाइड्रोपावर छ दशमलव ६७, पिपल्स पावर कम्पनी छ दशमलव २६, अप्पर स्याङ्गे हाइड्रोपावर पाँच दशमलव १३ र रावा इनर्जी डेभलपर्सका लगानीकर्ताले पाँच दशमलव शून्य आठ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित : फाल्गुन १०, २०८० १६:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×