कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

राष्ट्रिय इकोनमिक्स ओलम्पियाडका ५ विद्यार्थी हङकङ जाँदै

काठमाडौँ — राष्ट्रिय इकोनमिक्स ओलम्पियाड प्रतियोगिताको पाँचौं संस्करणमा चितवनको वाल्मीकि शिक्षा सदनका प्रसिद्ध अधिकारी, युनिग्लोब सेकेन्डरी स्कुलकी दीक्षा खिउजु, रातो बंगला स्कुलका सन्दीप आचार्य, बुढानीलकण्ठ स्कुलका प्रज्ञान शर्मा र युलियन्स स्कुलका प्रभात शाक्यले स्वर्ण पदक जितेका छन् ।

राष्ट्रिय इकोनमिक्स ओलम्पियाडका ५ विद्यार्थी हङकङ जाँदै

योसँगै उनीहरू हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय इकोनमिक्स ओलम्पियाड (आईईओ) का लागि योग्य भई बन्द प्रशिक्षणमा सहभागी हुने निश्चित भएको हो ।

फागुन ५ देखि ७ मा चलेको राष्ट्रियस्तरको प्रतियोगितामा सातै प्रदेशका ४० स्कुल तथा कलेजका १४३६ विद्यार्थीले आवेदन दिएका थिए । तीमध्ये उत्कृष्ट ८० मा पर्ने विद्यार्थीहरूमाझ काठमाडौंको एपेक्स कलेजमा अन्तिम चरणको तीनदिने प्रतियोगिता आयोजना भएको थियो ।

उनीहरूमध्ये १० जनालाई बन्दसत्रमा छनोट गरी त्यसमध्ये ५ जनालाई जुलाईमा हङकङमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागी हुन पठाउने आयोजक योङ इकोनमिक्स सोसाइटी नेपालले जानकारी दिएको छ ।

प्रकाशित : फाल्गुन ८, २०८० ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×