कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

विज्ञापन बोर्डद्वारा अत्यधिक सेवा शुल्क लिने 'कोकिल मिडिया'लाई कारबाही

काठमाडौँ — विज्ञापन बोर्डले अत्यधिक सेवा शुल्क लिने काठमाडौंको 'कोकिल मिडिया'लाई कारबाही गरेको छ । बोर्डले दश हजार रुपैयाँ जरिवाना र २०८१ साल असार मसान्तसम्म उक्त एजेन्सीको विज्ञापन कारोबार रोक्का गर्ने निर्णय गरेको छ।

विज्ञापन बोर्डद्वारा अत्यधिक सेवा शुल्क लिने 'कोकिल मिडिया'लाई कारबाही

नसर्ने रोग रोकथाम तथा नियन्त्रण सम्बन्धी विज्ञापन प्रसारण गर्न राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र, टेकु, काठमाडौंसँग उक्त एजेन्सीले गत असोन १२ मा गरेको सम्झौतामा उल्लेखित रकमभन्दा अत्यधिक सेवा शुल्क लिने गरि विज्ञापन प्रसारणको आदेश दिएको पाइएकोले उक्त जरिवाना गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा छ ।

उक्त एजेन्सीले केन्द्रसँग विज्ञापन प्रसारणबापत प्रति स्पट रु. १०६ । ६१ मा सम्झौता गरी एफएम रेडियोमा प्रति स्पट रु. ११।११ मा प्रसारण आदेश दिई प्रति स्पट रु.९८ ५० अर्थात ९६६.५८ प्रतिशत सेवा शुल्क लिने तयारी गरेको पाइएपछि बोर्डले कारबाहीको निर्णय गरेको हो । एजेन्सीले सम्झौता अनुसार कार्य नगरेकोले नियमानुसार कारबाही गर्न राष्ट्रिय स्वास्थ्य सूचना तथा सञ्चार केन्द्रलाई पनि बोर्डले निर्देशन दिएको छ ।

प्रकाशित : माघ २९, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×