कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

शिक्षा मन्त्रालयका कर्मचारी पदस्थापन र सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारी पदस्थापन, सरुवा तथा कामकाज गर्न खटाउनेसम्बन्धी मापदण्ड, २०८० कार्यान्वयनमा ल्याएको छ ।

शिक्षा मन्त्रालयका कर्मचारी पदस्थापन र सरुवासम्बन्धी मापदण्ड कार्यान्वयनमा

मन्त्रालय र अन्तर्गतका निकायको कार्यसम्पादनलाई चुस्त तथा व्यवस्थित बनाई सेवा प्रवाहलाई प्रभावकारी बनाउन र नेतृत्व क्षमता, कार्यानुभव, रुचि र दक्षताका आधारमा पारदर्शी एवं अनुगमनयोग्य रुपमा पदस्थापन, सरुवा तथा कामकाजमा खटाउन सो मापदण्ड ल्याइएको हो ।

गत चैत २२ गते शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णयबाट स्वीकृत सो मापदण्डलाई मन्त्रालयको वेबसाइतमार्फत सार्वजनिक पनि गरिएको छ ।

माण्दण्डमा जिल्लास्तरमा रहेका कर्मचारीलाई तोकिएको अवधि नपुगी केन्द्रस्तरमा सरुवा वा काजमा नखटाउने, कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट देखिएका कर्मचारीलाई सुगम वा रुचिअनुसार सरुवा गर्ने, नयाँ कर्मचारीको पदस्थापन गर्दा लोकसेवा आयोगको सिफारिसको योग्यताक्रमअनुसार गर्नेलगायत व्यवस्था छन् ।

प्रकाशित : वैशाख ३, २०८१ २०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×