कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

माल्टामा आप्रवासी डुंगा पल्टिँदा ५ जनाको मृत्यु, ८ घाइते

एजेन्सी

काठमाडौँ — उद्धार कार्यको क्रममा माल्टाको किनारमा आप्रवासी डुंगा पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । साथै आठ जना घाइते भएको माल्टाको सशस्त्र बल (एएफएम) ले जनाएको छ ।

माल्टामा आप्रवासी डुंगा पल्टिँदा ५ जनाको मृत्यु, ८ घाइते

करिव ७ दशमलव ६ मिटर लामो र दुईवटा मोटरबाट सञ्चालित उक्त डुंगामा सिरिया, इरिट्रिया, घाना र इजिप्टका ३४ जना यात्रु बोकेर भूमध्यसागर पार गर्दै थिए । डुंगा करिव ३.५ नटिकल माइल (६.५ किलोमिटर) पुगेपछि घटनास्थलमा एएफएम विमान पठाइएको थियो । एक एएफएम जहाज घटनास्थलमा पठाइएको थियो तर उद्धार कार्यको क्रममा डुंगा पल्टिएको बताइएको छ । घटनाको छानबिन जारी छ ।

प्रकाशित : फाल्गुन १२, २०८० १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×