कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्ली भ्रमण नगर्न आग्रह

एएनआई 

नयाँ दिल्ली — नयाँ दिल्लीस्थित इजरायली दूतावास नजिकै मंगलबार बम विस्फोट भएपछि इजरायलको राष्ट्रिय सुरक्षा परिषद्ले भारतमा विशेषगरी नयाँ दिल्लीमा आफ्ना नागरिकलाई भिडभाड हुने स्थानमा नजान ट्राभल एड्भाइजरी जारी गरेको छ । 

इजरायलद्वारा आफ्ना नागरिकलाई दिल्ली भ्रमण नगर्न आग्रह

दिल्ली प्रहरीलाई मंगलबार आएको फोनमा मंगलबार साँझ चाणक्यपुरी कूटनीतिक क्षेत्रमा इजरायली दूतावास नजिकै विस्फोट भएको जानकारी दिइएको थियो ।

विस्फोटपछि दूतावास नजिकै इजरायली राजदूतलाई सम्बोधन गरिएको पत्रसमेत भेटिएको थियो । दिल्ली प्रहरीले फरेन्सिक प्रमाणका लागि सान्दर्भिक प्रमाण पठाएको छ ।

भारतका लागि इजरायली उपराजदूत ओहद नकास कायनारले दूतावासका कर्मचारी र कूटनीतिज्ञहरू सुरक्षित रहेको र आफ्नो सुरक्षा दलले घटनाबारे अनुसन्धान गरिरहेको मंगलबार बताएका थिए ।

इजरायली राष्ट्रिय सुरक्षा परिषद्ले बम विस्फोटलाई सम्भवतः आक्रमणको स्वरूप भएको बताएको छ । भारतमा बसोबास गर्ने इजरायलीहरूलाई परिषद्ले सल्लाह दिँदै भनेको छ, 'भिड हुने स्थान (मल, बजार) तथा पश्चिमी-यहुदीले प्रयोग गर्ने स्थानतर्फ नजान प्रयास गर्नुहोला ।'

परिषद्ले इजरायलीहरूलाई बाहिरी आक्रमणबाट बच्नका लागि रेस्टुरेन्ट, होटल तथा बारसहित धेरै सार्वजनिक स्थानमा नजान तथा कार्यक्रममा भाग नलिन पनि आग्रह गरेको छ ।

प्रकाशित : पुस ११, २०८० १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?