कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

गाजामा तत्काल युद्धविराम गर्न इजिप्टका राष्ट्रपतिको जोड

मंसिर ४, २०८०

काठमाडौँ — इजिप्टका राष्ट्रपति अब्देल फतह अल सिसीले गाजामा तत्काल युद्धविरामको आवश्यकता र प्यालेस्टाइनीहरूलाई राहत सहायता पुर्‍याउने विषयमा आफ्नो देशको अडानलाई जोड दिएका छन् । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनसँग कायरोमा भएको भेटमा उनले यस्तो बताएका हुन् ।

गाजामा तत्काल युद्धविराम गर्न इजिप्टका राष्ट्रपतिको जोड

बैठक गाजाविरुद्ध इजरायल युद्धको पछिल्लो घटनाक्रममा केन्द्रित थियो । जहाँ अल–सिसीले इजिप्टको सम्बन्धित प्रयासहरूको समीक्षा गरेका थिए ।

इजिप्टका राष्ट्रपतिले प्यालेस्टिनीहरूको अधिकार सुनिश्चित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् र संयुक्त राष्ट्र संघको महासभाको प्रश्तावलाई अन्तर्राष्ट्रिय समुदायले कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

यसबाहेक, दुवै पक्षले प्यालेस्टाइन समस्याको एकमात्र समाधान दुई–राज्य समाधानमा आधारित व्यापक र न्यायपूर्ण शान्तिमा निहित रहेकोमा सहमति जनाएका छन् ।

प्रकाशित : मंसिर ४, २०८० १०:२६
x
×