कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — आम आदमी पार्टीका नेता तथा राज्यसभा सांसद सञ्जय सिंहलाई पक्राउ गरिएको छ । दिल्लीको कथित मदिरा भ्रष्टाचार प्रकरणमा सोधपुपछि उनलाई पक्राउ गरिएको हो । 

आम आदमी पार्टीका सांसद सञ्जय सिंह पक्राउ

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार प्रवर्तन निर्देशनालय(ईडी)ले सांसद सिंहलाई पक्राउ गरेको हो । ईडीले बुधबार दिल्लीस्थित सिंहको घरमा छापा मारेको थियो ।

१० घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको पीटीआईले जनाएको छ । मदिरा प्रकरणमै यसअघि दिल्लीका उपमुख्यमन्त्रीसमेत रहेका शिक्षामन्त्री मनीष सिसोदिया र तत्कालीन स्वास्थ्यमन्त्री सत्येन्द्र जैनलाई पक्राउ गरिएको थियो । जैन उपचारका लागि धरौटीमा रिहा भए पनि सिसोदिया भने जेलमै रहेका छन् ।

दिल्लीको शिक्षामन्त्रीसमेत रहेकी आम आदमी पार्टी नेता आतिशी मार्लेनाले सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) विपक्षी गठबन्धन 'इन्डिया' देखि डराएर सांसद सिंहलाई पक्राउ गरिएको प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जाल एक्स(ट्विटर)मा उनी लेख्छिन्,'चुनावअघि भाजपालाई डरले कहाँसम्म गिराउने हो ? 'इन्डिया'सँग हार्ने कुराले भाजपा तिलमिलाएको छ ।' उनले ईडीलाई आम आदमी पार्टीको कार्यालयमै आफ्नो कार्यालय खोल्न भन्दै व्यंग्यसमेत गरेकी छिन् ।

प्रकाशित : आश्विन १७, २०८० १९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सत्ता भागबन्डा मिलाउन प्रदेशमा मन्त्रालय फुटाउने प्रवृतप्रति तपाईंको के टिप्पणी छ ?