कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

जुडो संघमा पुनः दीपकहर्ष

जुडो संघमा पुनः दीपकहर्ष

काठमाडौँ — नेपाल जुडो संघको छैटौं चुनावी साधारणसभाले दीपकहर्ष वज्राचार्यलाई पुनः अध्यक्षमा चयन गरेको छ ।१५ सदस्यीय  कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धर्मशीला चापागाईं, उपाध्यक्षमा रमेश महर्जन, हेमराज भण्डारी, सुरजकाजी डोटेल र गंगा खड्का, महासचिवमा प्रकाशचन्द्र पाण्डे, सचिवमा पवनकुमार बानियाँ र कोषाध्यक्षमा प्रमोदप्रसाद नेपाल निर्वाचित भएका थिए ।


सदस्य राजन रोकाय, सुनीता बोहरा, तुलबहादुर थापामगर, दीपक विष्ट, सविन मोक्तान र प्रकाश सारुमगर चयन भएका थिए । सबै पदमा निर्वाचन भएको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले जुडो संघका नवनिर्वाचित पदाधिकारीलाई सफल कार्यकालको शुभकामना दिएका छन् । उनले वर्तमान कार्यसमितिले जुडो संघलाई अझ बलियो बनाएर लैजाने विश्वास व्यक्त गरे ।

प्रकाशित : जेष्ठ २, २०८१ २२:१२
×