३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

जोगवनी र सुनसरी क्वाटरफाइनलमा

विराटनगर — भारत जोगवनीको प्रशान्त क्रिकेट क्लब र सुनसरी क्रिकेट क्लब तेस्रो मिल्स कप टी–२० क्रिकेट प्रतियोगिताको क्वाटरफाइनल पुगेका छन् । बुधबार प्रशान्त एफसीले घरेलु टोली बीसीसीए विराटनगरलाई ६२ रन र सुनसरीले आयोजक मिल्स क्रिकेट क्लबलाई ११ रनले हराए ।

जोगवनी र सुनसरी क्वाटरफाइनलमा

विराटनगर जुट मिलको मैदानमा टस जितेको जोगबनीले ८ विकेट गुमाई २ सय ५२ रन बनायो । प्लेयर अफ द म्याच आशिक कुमारले १९ बलमा ५ छक्का र ३ चौकासहित ५० रन बनाए । यशदर्शन कुमारले ४६ रन, राजाबावुले ४४, उत्तम कुमारले अविजित २३ र कोनाइव कुमारले २० रनको योगदान गरे । विराटनगरका कार्तिक कुमारले ३ विकेट लिए । आयुष कुमारले २ विकेट र अशुतोष सिंहले १ विकेट लिए ।

२ सय ५२ रनको लक्ष्य पाएको विराटनगर सबै विकेट गुमाएर १ सय ८९ रनमा समेटियो । अशुतोष सिंहले ३९ रन बनाए । धिरज कामतले २९ र हर्ष यादवले २१ रन जोडे । जोगबनीका अविशेष राजा, नवित, जयन्त कुमारले २–२ विकेट लिए ।

बुधबारै दोस्रो खेलमा टस जितेको सुनसरीले ९ विकेट गुमाई १ सय ६६ रन बनायो । रविन मण्डलले अविजित ८८ रन जोडे । उनले ९ चौका र ५ छक्का हाने । गौरव कटुवालले २६ र शिव यादवले २९ रन जोडे ।

जवाफमा मिल्स १८.२ ओभरमा अलआउट हुँदै १ सय ५५ रनमा समेटियो । भोला साहले ३० र वीरेन्द्र कुमारले २४ रन जोडे । मिल्सलाई सस्तोमा समेट्न सुनसरीका प्रकाश कार्कीले ४ र भूपालले २ विकेट लिए । बिहीबार क्वाटरफाइनल प्रशान्त एफसी र विराटनगरको एनबीएससी क्रिकेट क्लब तथा पटना क्रिकेट क्लब र विराटनगरको होराइन क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : जेष्ठ २, २०८१ २१:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?