कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

न्युजक्लिकका प्रधान सम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

काठमाडौँ — भारतीय अनलाइन समाचार पोर्टल न्युजक्लिकका संस्थापक तथा प्रधान सम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले पुरकायस्थलाई दिल्ली प्रहरीले गैरकानुनी रूपमा पक्राउ गरी हिरासतमा राखेको बताएको छ । 

न्युजक्लिकका प्रधान सम्पादक प्रबीर पुरकायस्थलाई रिहा गर्न भारतीय सर्वोच्च अदालतको आदेश

लाइभ ल डट इनका अनुसार अदालतले पुरकायस्थलाई गैरकानुनी गतिविधि(रोकथाम) अधिनियम-१९६७(यूएपीए) उनलाई गैरकानुनी ढंगले हिरासतमा राखिएको जनाएको छ ।

न्यायाधीशद्वय बीआर गवई र सन्दीप मेहताको संयुक्त इजलासले पुरकायस्थलाई रिहा गर्न आदेश दिएको हो । इजलासले पक्राउ गर्ने बेलामा प्रहरीले कुनै आधार नबताएको पनि फैसलामा उल्लेख गरेको छ । पुरकायस्थलाई गत अक्टोबरमा चीनबाट अवैध सहयोग लिएको आरोपमा यूएपीए कानुनअन्तर्गत भन्दै पक्राउ गरिएको थियो । पुरकायस्थले आफ्नो पक्राउ गैरकानुनी भएको भन्दै सर्वोच्चको ढोका ढकढकाएका थिए ।

पुरकायस्थसहित न्युजक्लिकका प्रशासनिक प्रमुख अमित चक्रवर्तीलाई दिल्ली प्रहरीको स्पेसल सेलले ३ अक्टोबर,२०२३ मा पक्राउ गरेको थियो । चक्रवर्तीलाई जनवरीमा सरकारी साक्षी बनेका कारण रिहा गरिएको थियो ।

न्युयोर्क टाइम्समा छापिएको एक समाचारका आधारमा चीनबाट अवैध रूपमा सहयोग लिएको भन्दै उनीहरूलाई पक्राउ गरिएको थियो । न्युयोर्क टाइम्सले चीन सरकारले 'प्रोपोगान्डा' फैलाउन उक्त न्युज पोर्टललाई पैसा दिएको बताएको थियो ।

प्रकाशित : जेष्ठ २, २०८१ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×