कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

‘भारत-क्यानडाबीच साझा आधार खोजौं’

एएनआई 

ओटावा — क्यानडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताएका छन् ।

‘भारत-क्यानडाबीच साझा आधार खोजौं’

सीबीसी न्युजसँग कुरा गर्दै उनले भने, ‘मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उनीहरूले आफ्ना नागरिकलाई मद्दत गर्न चाहन्छन् । मलाई पूरा विश्वास छ, उनीहरूले मित्रता निभाउनका लागि साझा आधार फेला पार्नेछन् ।’ ब्लेअरले कूटनीतिक विवादले भारतीय–क्यानेडेली नागरिकमा पार्ने प्रभावबारे जानकार रहेकोसमेत बताए ।

क्यानडामा भएको खालिस्तान टाइगर फोर्सका प्रमुख हरदीप सिंह निज्जरको हत्यामा भारतको संलग्नता रहेको क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत साता आरोप लगाएपछि तनाव चर्किएको छ । गत जुन १८ मा क्यानडाको ब्रिटिस कोलम्बियाको सरेस्थित पार्किङ क्षेत्रमा रहेको गुरुद्वाराबाहिर निज्जरको गोली हानी हत्या गरिएको थियो । क्यानडाले भारतलाई निज्जर मृत्युको अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । ‘जारी अनुसन्धानमा मैले धेरै जोड दिएको छु । यसका कारण विश्वसनीय गुप्तचरभन्दा वास्तवमा के भएको थियो भन्ने बलियो प्रमाणमा जान सक्षम हुनेछौं,ं’ रक्षामन्त्री ब्लेअरले भने ।

यसैबीच, भारतले निज्जरको हत्यासँग भारत सरकारलाई जोड्ने कुनै पनि प्रयासको खण्डन गरेको छ । भारतीय विदेश मन्त्रालयले ‘आतंकवादी, अतिवादी र संगठित अपराधका लागि सुरक्षित आश्रयस्थल’ र ‘बढ्दो प्रतिष्ठा’ का रूपमा पनि क्यानडालाई उल्लेख गरेको छ । ‘हाम्रा सहयोगी र भारतलाई एउटा मात्र अनुरोध गरेका छौं कि उनीहरूले अनुसन्धानमा पूर्ण सहयोग गरुन्, किनभने यसको परिणाम धेरै महत्त्वपूर्ण छ,’ उनले भने ।

प्रकाशित : आश्विन ९, २०८० ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?