श्रीलंकाको घरेलु ऋणसम्बन्धी प्रस्ताव संसद्बाट पारित
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
कोलम्बो — श्रीलंकाको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्मा बहुमतले पारित भएको छ । उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गरेका थिए ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![श्रीलंकाको घरेलु ऋणसम्बन्धी प्रस्ताव संसद्बाट पारित](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2023/third-party/srlinka-debt-home-pass-0372023042505-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
श्रीलंका संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले संशोधनसहितको प्रस्ताव पारित भएको संसद्लाई जानकारी दिएका छन् । विपक्षी सांसद वडिवेल सुरेश, कुमारा वेलगामा र स्वतन्त्र सांसद अनुरा प्रियदर्शन यापा र सुदर्शनी फर्नान्डोपुल्लेले प्रस्तावको पक्षमा मतदान गरेको कोलम्बो ग्याजेटले उल्लेख गरेको छ । संसद्ले शनिबार घरेलु कर्जा अनुकूलनसम्बन्धी प्रस्तावमाथि पूर्णता दिन बहस गर्ने निर्णय गरेको थियो ।
यसअघि सार्वजनिक वित्त समिति (सीओपीएफ) ले घरेलु ऋण पुनःसंरचनासम्बन्धी प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाले यसबाट मुक्ति पाउनका लागि विभिन्न किसिमका आर्थिक र राजनीतिक उपायहरू अवलम्बन गरिरहेको छ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)