कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

यसरी दुर्घटना भएको थियो सौर्य एयरलाइन्स

सुरज कुँवर

काठमाडौँ — विस्तृत परीक्षण र मर्मत (सी–चेक) गर्न काठमाडौंबाट पोखराका लागि उड्दा उड्दै सौर्य एयरलाइन्सको विमान बुधबार काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । हरेक वर्षजस्तो भइरहेका दुर्घटनाले नेपालको हवाई सुरक्षाप्रति विश्वको ध्यान खिचिएको छ । 

यसरी दुर्घटना भएको थियो सौर्य एयरलाइन्स


फेरि फ्लाइट (गैरव्यावसायिक उडान) मा रहेको सौर्य एयरको ५० सिट क्षमताको क्यानेडियन ‘बमबार्डियर जेट सीआरजे–२००’ विमान बुधबार दुर्घटना हुँदा १८ जनाको घटनास्थलमै मृत्यु भएको छ । क्याप्टेन मनीषरत्न शाक्यलाई भने जीवितै उद्धार गरिएको छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा उपलब्ध सुविधा प्रयोग गरी नियमित परीक्षण तथा मर्मत गर्न उडेको जहाजमा सौर्य एयरलाइन्सको प्राविधिक तथा व्यवस्थापनका कर्मचारीहरू सवार थिए । दुर्घटनामा ४ वरिष्ठ इन्जिनियरको मृत्यु भएको छ । यमनी नागरिक पनि दुर्घटनामा परेका छन् । उनी नेपालमै बसेर वायुसेवा कम्पनीमा काम गर्दै आएका इन्जिनियर हुन् । मृतकमध्ये सौर्यका आइटी हेड मनुराज शर्मा, श्रीमती प्रिजा खतिवडा र छोरा अधिराज पनि छन् । प्रिजा उर्जा मन्त्रालयमा पूर्णकालीन र सौर्य एयरलाइन्समा करारमा कर्मचारी रहेको सौर्यका उपमहाप्रबन्धक उमेश आचार्यको भनाइ छ ।

प्रकाशित : श्रावण १०, २०८१ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×