कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

अपहिल रेसमा नरेन्द्र र पूर्णलक्ष्मी च्याम्पियन

काठमाडौँ — आर्मीका खेलाडीद्वय नरेन्द्रसिंह रावत र पूर्णलक्ष्मी न्यौपानेले शनिबार राष्ट्रिय खुला अपहिल केडिसी रन जितेका छन् । २१ किलोमिटर दूरीको दौडमा नरेन्द्र पुरुष र पूर्णलक्ष्मी महिलामा विजेता भए ।

अपहिल रेसमा नरेन्द्र र पूर्णलक्ष्मी च्याम्पियन

नरेन्द्रले निर्धारित दूरी १ घण्टा १९ मिनेट ५१ सेकेन्डमा पूरा गरेका थिए । दोस्रो भएका करण रावलले १ घण्टा २१ मिनेट ५५ सेकेन्ड तथा तेस्रो भएका सुशीलकुमार शाहीले १ घण्टा २४ मिनेट ४६ सेकेन्ड लगाएका थिए । दुवै आर्मीका हुन् । सोलुखुम्बुका अर्जुन कुलुङ राई चौथो र आर्मीका गोपाल तामाङ पाँचौं स्थानमा रहे ।

पूर्णलक्ष्मीले १ घण्टा ४७ मिनेटमा दौड पूरा गरिन् । आर्मीकी निर्मला केसी १ घण्टा ५० मिनेटबाट दोस्रो र खोटाङकी प्रिया राई १ घण्टा ५१ मिनेट ०८ सेकेन्डबाट तेस्रो स्थान हात पारे । पुलिसकी लाक्पा निमा शेर्पा चौथो र ओखलढुंगाकी छोकी शेर्पा पाँचौं रहे ।

दुवै समूहमा शीर्ष पाँच स्थानमा रहने खेलाडीले क्रमशः ७५ हजार, ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य एवं आयोजक नेपाल एडभेन्चर रनिङ महासंघका अध्यक्ष एकेन्द्र कुँवरलगायतले पुरस्कृत गरे ।

सदस्य–सचिव घिसिङले ट्रेल रेसका लागि नेपाल उत्तम गन्तव्य भएकाले विदेशी खेलाडीलाई आकर्षित गर्ने योजना बनाएर अगाडि बढ्न महासंघलाई सुझाएका थिए ।

दौड कीर्तिपुरको चारघरेस्थित माइती रिसोर्टबाट सुरु भई दक्षिणकालीको बोसनडाँडा, पुरानो बाघभैरव, पुष्पलाल पार्क, चन्द्रागिरिको मच्छेगाउँ, मातातीर्थ, भत्केपाटी हुँदै पुनः माइती रिसोर्टमै आएर टुंगिएको थियो । दौडमा ५ विदेशीलगायत गरी २ सय ६५ धावक/धाविकाका सहभागिता रहेको महासंघका वरिष्ठ उपाध्यक्ष राजन खत्रीले जनाएका छन् ।

प्रकाशित : असार ८, २०८१ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×