कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

भ्याली पब्लिकका दुवै टोली फाइनलमा

काठमाडौँ — भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा शनिबार फाइनल पुगेका छन् ।

भ्याली पब्लिकका दुवै टोली फाइनलमा

आयोजक एन्जल्स हार्टको कोर्टमा भ्याली पब्लिक ‘ए’ ले टीआईएलाई २७–१५ स्कोरले हरायो । भ्यालीकी लोरिसा गौचनले १० स्कोर गरिन् । दृश्य गुरुङको १० स्कोरमा भ्याली ‘बी’ ले ग्रिनल्यान्डमाथि २७–२४ को जित पायो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्ट र किङडम उपाधिका लागि भिड्ने भएका छन् । एन्जल्स हार्टले ग्रिनफिल्डलाई २६–१८ स्कोरले हरायो । एन्जल्स हार्टका रुपेश पौडेलले १४ स्कोर जोडे । किङडमले सेबविरुद्ध २८–२० को जित पायो । किङडमका जिग्मे लामाले १४ स्कोर गरे । फाइनल आइतबार हुनेछ ।

हिसान बास्केटबल सेमिफाइनल

एन्जल्स हार्टमै शनिबार सुरु प्रथम हिसान तारर्केश्वर एसईई कप थ्री एक्स थ्री छात्र बास्केटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनल पूर्णिमा र श्री युवा तथा टाइमआउट नेपाल र वे टु गेटबीच हुनेछ । पूर्णिमाले दी इन्फिनिटीलाई १६–११ ले, श्री युवाले एन्जल्स हार्ट ‘बी’ लाई १२–५ ले, टाइमआउटले बफेलोलाई १६–६ ले र वे टु गेटले एसापलाई १२–७ स्कोरले पराजित गर्दै सेमिफाइनल तय गरे ।

विजेताले १५ हजार र उपविजेताले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रकाशित : असार ८, २०८१ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एसईई परीक्षाको नतिजामा ५२ प्रतिशत विद्यार्थी नन्‌ग्रेडिङ (एनजी) मा पर्नुको कारण के होला ?

x
×