कान्तिपुर वेबसाईट
AdvertisementSponsored

नेदरल्यान्ड्सविरुद्ध जितको खोजीमा पोल्यान्ड

पोल्यान्डले नेदरल्यान्ड्सविरुद्ध पछिल्ला १२ खेलमा जित निकाल्न सकेको छैन । डचविरुद्ध पोलिसको जितका लागि सन् १९७९ फर्किनुपर्छ, जतिबेला युरो छनोटमै २–० को जित थियो ।

काठमाडौँ — पोल्यान्ड लगातार पाँचौंपल्ट युरो खेल्दै छ । समूह ‘डी’ को खेलमा टोलीको पहिलो प्रतिद्वन्द्वी रहेको छ नेदरल्यान्ड्स । पोल्यान्डका लागि डच कस्तो विपक्षी टिम हो भने अधिकांश समय टोलीले समस्या मात्र सिर्जना गरिदिन्छ ।

नेदरल्यान्ड्सविरुद्ध जितको खोजीमा पोल्यान्ड

पोल्यान्डले नेदरल्यान्ड्सविरुद्ध पछिल्ला १२ खेलमा जित निकाल्न सकेको छैन । डचविरुद्ध पोलिसको जितका लागि सन् १९७९ फर्किनुपर्छ, जतिबेला युरो छनोटमै २–० को जित थियो ।

अहिले टिमका प्रमुख खेलाडी रोबर्ट लेवान्डोस्की जन्मेकै थिएनन् । उनको जन्म त त्यसको पनि ९ वर्षपछि भएको थियो । संयोग कस्तो भने उनी नेदरल्यान्ड्सविरुद्धको खेलमा चोटका कारण खेलिरहेका छैनन् । टर्कीविरुद्धको अभ्यास खेलका क्रममा उनले तिघ्राको मांसपेशीमा चोट बोकेका थिए ।

नेदरल्यान्ड्सका प्रशिक्षक छन्, रोनाल्ड कोमन । उनी जतिबेला खेलाडी थिए, सन् १९८८ मा नेदरल्यान्ड्सले युरो उपाधि जितेको थियो, फाइनलमा तत्कालीन सोभियत संघलाई हराएर ।

अहिले जति पनि राष्ट्रिय टोलीका डच खेलाडी छन्, कसैको त्यतिबेला जन्म भएको थिएन । अहिलेको डच टिमको समस्या भनेको चोटग्रस्त खेलाडीको लामो सूची हो ।

तर लेवान्डोस्कीको अनुपस्थिति अनि डच टिमको रक्षापंक्ति लिभरपुलका भर्जिल भान डाइकको नेतृत्वमा हुनेछ भने यसले खेलको समीकरण बदल्न सक्छ । डच प्रशिक्षक कोमन भन्छन्, ‘यो समूहमा प्रत्येक विपक्षी टिम कडा छ । पोल्यान्ड आफैंमा निकै सन्तुलित र बलियो टिम हो ।’

प्रकाशित : असार २, २०८१ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

८ देशका लागि सिफारिस भएका राजदूतको नाम कस्तो लाग्यो ?

x