कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

विविध कार्यक्रमसहित ओलम्पिक दिवस मनाइयो

काठमाडौँ — नेपाल ओलम्पिक कमिटी (एनओसी) को तत्वावधानमा स्पोर्ट्स फर अल कमिसनको आयोजनामा शनिबार नेपालमा ओलम्पिक डे मनाइएको छ ।

विविध कार्यक्रमसहित ओलम्पिक दिवस मनाइयो

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रस्थित कभर्डहलमा विभिन्न कार्यक्रम गरी ओलम्पिक डे मनाइएको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले राष्ट्रिय झण्डा र कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले आईओसीको झण्डा झण्डोत्तोलन गरेका थिए । नेपालबाट विभिन्न खेलमा ओलम्पिकमा सहभागिता जनाएका खेलाडीले ओलम्पिक टर्च लिएर कभर्डहलमा प्रवेश गरेका थिए ।

अन्तर्राष्ट्रिय ओलम्पिक डे हरेक वर्ष जुन २३ मा मनाइन्छ । नेपालमा भने जुनको पहिलो सातादेखि नै विभिन्न कार्यक्रम गरिँदै आएको थियो ।

अध्यक्ष श्रेष्ठले नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी ओलम्पिक डे मनाइएको उल्लेख गर्दै यसले नेपाली खेलकुदमा भातृत्व बढ्ने बताए ।

ओलम्पिक डे समापनमा बक्सिङ, जुडो, फेन्सिङ, कराते र उसु खेलाडीले प्रदर्शनी खेल प्रस्तुत गरेका थिए । डिलाइट, ब्राइट फ्युचर, एभीएम र नाइटिङ्गल स्कुलका छात्र/छात्राले नृत्य प्रस्तुत तथा दधिकोट विद्यालयका विद्यार्थीले बाँसुरी धुन प्रस्तुत गरेका थिए ।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणमा सबैभन्दा छिटो शिखरमा पुग्ने महिलाको कीर्तिमान राखेकी फुन्जो लामालाई सम्मान गरिएको थियो ।

स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले ओलम्पिक डेको महत्वबारे प्रकाश थिए । शिक्षा र खेलकुद क्षेत्रको सही तालमेल मिलाउन र स्कुलदेखि नै साना बालबालिकालाई खेलकुदको विविध पक्षमा बुझाउन यस खालको कार्यक्रम आयोजना गरिएको कमिसनले जनाएको छ । नेपालमा सन् २०११ देखि प्रत्येक वर्ष ओलम्पिक डे मनाइँदै आएको छ ।

प्रकाशित : असार ८, २०८१ १८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×